६ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज ११ बजे हुने पहिलो खेलमा सस्वती युथ क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।
लिगको नवौं स्थानमा रहेको सरस्वतीको ९ खेलबाट १० अंक रहेको छ । मच्छिन्द्रको भने नवौं खेलबाट तीन अंक मात्रै छ ।
त्यस्तै, आजै साढे २ बजे सुरु हुने अर्को खेलमा हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । हिमालयन शेर्पा स्पष्ट जितको खोजीमा छ ।
लिगको छैटौ स्थानमा रहेको हिमालयन शेर्पाको नवौं खेलबाट १४ अंक छ । फ्रेन्ड्सको भने पाँच अंक रहेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा आजै हुने खेलमा जावलाखेल युथ क्लबले एनआरटीसँग प्रतिस्पर्धा गर्दै छ ।
लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङले नवौं खेलबाट शतप्रतिशत जित हात पार्दै २७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको संकटा क्लको २४ अंक रहेको छ ।
त्यस्तै, लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको २२ र चौथो स्थानमा रहेको आर्मीको १८ अंक छ ।
प्रतिक्रिया 4