इंग्लिस प्रिमियर लिग: टोटनह्याम वोल्भ्ससँग स्तब्ध
१५ पुस, काठमाडौं । लिगको दोस्रो स्थामा रहेको टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ ।
शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्याम वोल्भ्ससँग ३–१ गोल अन्तरले पराजित भएको हो । वोल्भ्सको जितमा विली वोली, राउल जिमिनेज र हेल्डर कोष्टाले गोल गरे । टोटनह्यामका लागि ह्यारी केनले गोल फर्काएका थिए ।
खेलको २२ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा तीन गोल खान पुग्यो ।
खेलको ७२ औं मिनेटमा वोल्भ्सका लागि वोलीले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएका थिए । जिमिनेजले खेलको ८३ औं मिनेटमा गोल गर्दै वोल्भ्सलाई २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा कोष्टाले गोल गर्दै वोल्भ्सलाई ३–१ को नाटकीय जित दिलाएका हुन् ।
शनिबार राति नै भएका अन्य खेलमा ब्राइटनले एभर्टनलाई र फुलह्यामले हडर्सफिल्डलाई समान १–० गोलअन्तरले पराजित गरेका छन् । यता, लेष्टर सिटी पनि कार्डिफ सिटीसँग १–० गोलअन्तरले नै पराजित भएको छ । त्यस्तै, वाटफोर्ड र न्युक्यास्टलबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ ।
पराजित भएसँगै लिगको दोस्रो स्थानमा रहेको टोटनह्यामको २० खेलबाट ४५ अंक भएको छ । वोल्भ्सको भने २० खेलबाट २९ अंक भएको छ ।
प्रतिक्रिया 4