+
+

‘कृ’ पछि ‘हेल्लो जिन्दगी’मा अदिती

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १६ गते १४:१७

नायिका अदिती वुढाथोकी यतिबेला मुम्बइमा छिन् । चलचित्र ‘कृ’मा काम गरेपछि नेपाली चलचित्र क्षेत्रबाट नै केहि टाढा देखिएकी अदितीले अब भने दोश्रो चलचित्रमा काम गर्ने पक्का गरेकी छिन् । अदितीले काम गर्न लागेको दोश्रो चलचित्रको नाम ‘हेल्लो जिन्दगी’ हो ।

लभ स्टोरी तथा सामाजिक कथामा निर्माण हुन लागेको चलचित्रका लागि यसको निर्माणपक्षले अदितीलाई फाइनल गरेको हो । तर, यसका निर्देशक एभरेष्ट सूर्य बोहरा अदिती फाइनल भएको बिषयमा खुलेर बोल्न चाहिरेका छैनन् ।
अहिले चलचित्रका लागि अन्य कलाकारको पनि खोजी भैरहेको बताइएको छ । यो चलचित्रको छायांकन यूकेमा हुने वुझिएको छ ।

सन् २०१९ को फ्रेवुअरीबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । नेपाल र यूकेमा चलचित्रको छायांकन हुने वुझिएको छ । बोहराले चलचित्र ‘ठूली र भैरे’ निर्देशन गरेका छन् । ‘कृ’ पछि केहि समय खाली बसेकी अदितीले आफूलाई यो चलचित्रमा कस्तो रुपमा प्रस्तुत गर्ने हुन्, त्यो भने प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?