+

आईसीसी टी-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक

२०७५ माघ  १५ गते १६:०१ २०७५ माघ १५ गते १६:०१
आईसीसी टी-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक

१५ माघ, काठमाडौं । २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार विश्वकप दुई चरणमा हुने छ । पहिलो चरण र सुपर १२ गरी दुई चरणमा विश्वकप हुने आईसीसीले जनाएको छ ।

विश्वकप अष्ट्रेलियामा सन् २०२० अक्टोबर १८ देखि नोभेम्बर १५ तारिखसम्म करिब एक महिना चल्ने छ ।

विश्वकप अन्गर्तत पहिलो चरणको खेल १८ अक्टोबर २०२० देखि २३ अक्टोबरसम्म चल्नेछ ।

विश्वकप अन्गर्तत पहिलो चरणको खेल १८ अक्टोबर २०२० देखि २३ अक्टोबरसम्म चल्नेछ । पहिलो चरणको पहिलो खेलमा श्रीलंकाले विश्वकपमा छनोट भएर आएको टिमसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोट २०२० मै हुदैछ । यहाँबाट छनोट भएर ६ राष्ट्रले विश्वकप खेल्ने छन् ।

त्यस्तै, विश्वकपको सुपर १२ अक्टोबर २४ देखि सुरु हुदैछ । सुपर १२ को पहिलो खेलमा आयोजक अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, यही दिन भारतले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको सेमिफाइनल खेल नोभेम्बर ११ र १२ मा हुनेछ । सेमिफाइनलको पहिलो खेल सिड्नी क्रिकेट मैदानमा हुनेछ भने दोस्रो सेमिफाइनल एडेलाइड ओभलमा हुनेछ ।

विश्वकपको फाइनल खेल भने नोभेम्बर १५ तारिखमा मेलबर्न क्रिकेट मैदानमा हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय