+

सावित्राको दुई गोलसँगै इरानविरुद्ध नेपालको जित

२०७५ फागुन  १ गते १८:१६ २०७५ फागुन १ गते १८:१६
सावित्राको दुई गोलसँगै इरानविरुद्ध नेपालको जित

१ फागुन, काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन् ।

अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ५९ औं र ८९ औं मिनेटमा गोल गरेपछि नेपाल ३–० ले विजयी भयो ।

जितसँगै नेपाल आफ्नो समूहको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको म्यानमारको दुई खेलबाट ६ अंक छ । शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भए पनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै उच्च मनोबल बनाएको थियो । यता इरानले भने सबै खेलमा हार ब्यहोरेको छ ।

भारत र म्यानमारबीचको खेल पनि बुधबार नै राति ७ बजेर १५ मिनेटमा सुरु हुदैछ । भारत पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । तर भारतले म्यानमारलाई फराकिलो गोलले पराजित गरे गोल फरकको आधारमा फाइनल प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय