Comments Add Comment

राप्रपा बैठक भदौ दोस्रो साता

३० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महिनामा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गर्न लागेको हो ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न आगामी भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पु¥याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ । ।

अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका चाहना पूरा गर्नका लागि भएका परिवर्तनअनुसार सामाजिक रुपान्तरण हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

राप्रपाले लिएको वैचारिक दृष्टिकोणकाबारे फैलिएका भ्रमलाई प्रशिक्षकले जनतालाई बुझाउन उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment