+
+

सिंहदरबारकै कर्मचारी समयमा पुग्दैनन् कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १९:१७

२८ असोज, काठमाडौं । मन्त्रालयकै कर्मचारीहरु कार्यालय समयमै कार्यालयमा उपस्थित नहुने गरेको पाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार विहान बिभिन्न ९ मन्त्रालयमा गरेको अनुगमनका क्रममा १३६ कर्मचारी अनुपस्थित तथा समय पालना नगरेको पाइएको हो ।

यस्तै ६६ कर्मचारीले विदा स्वीकृत नगरी अनुपस्थित भएको र १३ जनाले कार्यालय पोशाक नलगाएको पाइएको सतर्कता केन्द्रले जनाएको छ ।

अनुगुमनका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका २९ कर्मचारी अनुपस्थित तथा समय पालना नगरेको र २० जनाले बिदा स्वीकृत नगरी अनुपस्थित भएको पाइएको केन्द्रले जनाएको छ । जसमा दुईजना उपसचिव र ८ जना शाखा अधिकृतसहितका कर्मचारी रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि धेरै कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

केन्द्रका अनुसार २९ जना अनुपस्थित तथा समय पालना नगर्ने भेटिए । १७ जना बिदा स्वीकृत नगराइ विदामा बसेको सतर्कता केन्द्रले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ६ जना अनुपस्थित तथा समय पलना नगर्ने भेटिएका छन् भने १९ जना बिनास्वीकृति विदामा बसेको पाइएको छ ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमा १७, शिक्षा विज्ञान तथा प्रविधिमा १०, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा १६, वन तथा वातावरणमा १९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १० जना अनुपस्थित तथा समय पालन नगरेको पाइएको छ ।

यी मन्त्रालयहरुमा पनि केही कर्मचारीहरुले विदा स्वीकृत नगरी अनुपस्थित हुनुका साथै तोकिएको पोशाकबिनै उपस्थित भएको सतर्कता केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?