+
+

काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १६:४५

६ कात्तिक, काठमाडौं । काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् । उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।

विद्यालयमा खेलकुद गतिविधि भइरहेका बेला बरण्डामा धेरै विद्यार्थीको भार थाम्न नसकेर भाँचिएर दुर्घटना भएको प्रहरी निरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?