+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वीरगञ्ज महानगरपालिकामा तीन पाङ्ग्रे सवारी दर्ता प्रमाणपत्र वितरण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १९:२७

२० कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले तीन पाङ्ग्रे सवारी साधनका लागि रुट परमिट सहितको सवारी दर्ता प्रमाणपत्र वितरण सुरु गरेको छ । महानगरपालिकाभित्र सञ्चालन हुने टेम्पु, इ–रिक्सा, अटो रिक्सा लगायत १ सय वटा तीन पाङ्ग्रे सवारी साधनका धनीलाई शुक्रबार प्रमाण पत्र वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

सवारी दर्ता प्रमणापत्र धनीलाई हस्तान्तरण गर्दै नगर प्रमुख विजयकुमार सरावगीले महानगरपालिकामा दर्ता नगरी तीन पाङ्ग्रे सवारी साधन सञ्चालन गरे कानूनी कारबाही गरिने बताए । स्थानीय सरकार संचालन ऐन २०७४ ले नगर क्षेत्रको यातायात व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ । त्यसै अनुसार पहिलो चरणमा तीन पाङ्ग्रे सवारी साधनलाई रुटपरमिट सहित सवारी दर्ता प्रमाणपत्र वितरण गरेका छौं,’ उनले भने, ‘महानगरमा दर्ता नगरी सवारी सञ्चालन गरिए सवारी जफतसम्मका कारबाही गर्छौ ।’

सवारी दर्ता गरेर रुटपरमिट दिइसकेपछि नगरक्षेत्रमा विद्यमान सवारीजामको समस्या समाधान हुने दाबी उनको छ । ‘मनलाग्दी ढंगले ट्याम्पु, ई-रिक्सा, अटो रिक्सा सञ्चालन भएकै कारण सवारी जामको समस्या देखिएको हो,’ नगर प्रमुखले भने, ‘कहाँ कति वटालाई सञ्चालन अनुमति दिने भन्ने कार्य योजना बनाएका छौं । त्यसरी जाँदा सवारी जामको समस्या चाँडै समाधान हुने विश्वास छ ।’

विगतमा यातायात व्यवस्था कार्यालयमा रुट परमिटका लागि सिफारिस गरिएको ५ सय २८ सहित महानगरपालिकामा १५ सयको हाराहारीमा ई–रिक्सा, अटो रिक्सा र टेम्पु सञ्चालनमा रहेको अनुमान छ ।

पहिलो चरणमा तीन  सवारी दर्ता गर्ने र त्यसपछि रुट निर्धारण गर्ने तयारी महानगरपालिकाको छ । महानगरपालिकाको सडक तथा यातायात व्यवस्था शाखाका नायब सुब्बा पवन प्रधान तीन पाङ्ग्रे सवारी दर्ताको काम पौष मसान्तभित्र सकाउने त्यसपछि आवश्यकताका आधारमा रुट निर्धारण हुने बताउँछन् ।

सवारी दर्ता नगरी चलाए के हुन्छ ?

वीरगञ्ज महानगरपालिकाले ल्याएको यातायात तथा सवारी व्यवस्थापन कार्यविधि २०७६ मा टाँगा, रिक्सा, अटो रिक्सा, ई रिक्सा, टेम्पु सबै किसिमका मोटर साईकल, ट्याक्सी, कार जिप, भ्यान, माइक्रो, मिनी बस, बस तथा समान बोक्ने ट्रक मिनि ट्रक लगायत सबै सवारी साधनलाई समेटेको छ । तर शुरुवात तीन पाङ्ग्रे, अटो रिक्सा, ई रिक्सा र टेम्पोबाट गरिएको हो ।

साविकमा नगरपालिकाबाट सिफारिस लिएर रुट ईजाजत लिएका सवारी साधनको हकमा बार्षिक नविकरण दस्तुर लिएर अध्यावधिक गर्ने महानगरपालिकाले जनाएको छ । नगरपालिकाको सिफारिस बिना यातायात व्यवस्था कार्यालयबाट रुट लिएर सञ्चालनमा रहेको सवारी साधनको हकमा भने वीरगञ्ज महानगरपालिकाले तोकको शुल्क तिरेर दर्ता र अर्को वर्षदेखि नविकरण गराउनुपर्ने हुन्छ । नविकरण प्रत्येक वर्षको असोज मसान्तभित्र गरिसक्नुपर्ने ऐनमा उल्लेख छ । कार्यविधिमा दर्ता नविकरण गर्ने सवारी साधनको ईन्जिन लगायत कन्डिसन राम्रो हुनुपर्ने, झ्याल ढोका टुटफुट हुन नहुने उल्लेख छ ।

महानगरपालिकाले तोकेको शुल्क तिरेर दर्ता र नविकरण गर्न सकिन्छ । त्यसो नगरेको खण्डमा प्रथम पटक १ हजार जरीवाना तिर्नुपर्ने छ, जरीवाना नबुझाएसम्म नगरभित्र सवारी चलाउन रोक लगाउन सकिने व्यवस्था छ । रुट ईजाजत पत्र नलिई सवारी साधन चलाएमा पहिलो पटक १ हजार ५ सय र दोस्रो पटक दोब्बर जरीवाना तिर्नुपर्ने हुन्छ । रुट परमिटको बर्खिलाप गए प्रत्येक पटक १ हजार रुपैयाँ, पार्किङ स्थल र स्टपेज तोकिएको स्थानमा बाहेक गरेमा ५ सय रुपैयाँ जरीवाना तोकेको छ । तर महानगरपालिकाले पार्किङ स्थल र स्टपेज निर्धारण गर्न सकेको छैन । मुख्य सडकको समेत एकातर्फ सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?