
१९ मंसिर, पोखरा । १३ औं साग अन्तर्गत पोखरामा भएको भारात्तोलन (स्न्याच) मा नेपालले कास्य पदक जितेको छ । ४५ केजी समूहमा भएको स्पर्धामा नेपालकी संगीता राईले कास्य पदक जितेकी हुन् ।
उनले ५७ केजी भार उठाएकी थिइन् । भारतकी झिल्ली दालबेहेराले ६६ केजी उठाउँदै स्वर्ण पदक चुमिन् । रजत पदक श्रीलंकाकी डीएसएस समारुकुलले ५८ केजी उठाएकी थिइन् ।
उनले नेपालभन्दा जम्मा १ केजी बढी उठाएकी थिइन् । नेपालले तेस्रो प्रयासमा पनि ५८ केजी उठाउन नसकेपछि रजत उनको पोल्टामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4