
२४ मंसिर, काठमाडौं । नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेको छ ।
बंगलादेशसंग समूह चरणमा ब्यहोरेको हारको बदला लिँदै नेपालले मंगलाबर कास्य पदकको लागि भएको खेल बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्यो ।
समूह ए को खेलमा नेपाल बङ्गलादेशसंग ६७–६१ ले पराजित भएको थियो । नेपालको जितमा असिम श्रेष्ठले सर्वाधिक १९ अंक जोडे भने बिजय बुर्जाले १६ अंकको योगदान दिए । यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिंहले १३ र सौरभ श्रेष्ठले ११ अंक जोडे ।
योसँगै नेपालले १३ औं सागमा बास्केटलतर्फ चारवटै विधामा पदक जित्न सफल भएको छ । नेपाली पुरुष टोलीले थ्री अन थ्रीमा रजत र महिला थ्रीअनथ्री मा कास्य जितेको थियो ।
यस्तै नेपाली महिला टोलीले फाइनल पुग्दै रजत पदक पक्का गरेको छ । महिला टोलीले साग बास्केटबलमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । फाइनलमा मङ्गलबार नेपालले भारतसंग खेल्दैछ ।
प्रतिक्रिया 4