+
+

‘क्षमता अनुसारको कर्जा उपयोग गरे करोडपति बन्न सकिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १५:५६

१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले धनी बन्नका लागि कर्जा लिएर उपयाेग गर्न सक्नुपर्ने बताएका छन् ।

जनउत्थान लघुवित्त वित्तीय संस्थाको ट्याबलेट बैंकिङ सेवाको उद्घाटन गर्दै गभर्नर नेपालले आफ्नो क्षमता अनुसारको कर्जा लिएर सहि उपयोग गर्न सके करोडपति बन्न सकिने बताएका हुन् ।

उनले भने, ‘कर्जा सुविधाको उपभोग गर्दा आफ्नो आवश्यकता र क्षमता अनुसारको कर्जा उपभोग गर्न सकेमा यसैबाट लखपति, करोडपति पनि बन्न सकिन्छ, आफ्नो जीवन सरल र सहज बनाउन सकिन्छ ।’

तर ऋण लिदाँ बुझेर मात्र लिनु पर्ने गभर्नर नेपालले बताए । कर्जाको सही सदुपयोग गर्नु पर्ने अन्यथा संस्थाले कुनै पनि बेला नछोड्ने भन्दै लिएको ऋण उत्पादन मूलक क्षेत्रमा खर्च गर्नु पर्ने बताए ।

पछिल्लो समय संसार नै प्रविधितर्फ अघि लम्किरहेको भन्दै उनले प्रविधिको उच्चतम प्रयोग गरी यसबाट फाइदा लिनु पर्ने बताए ।

ट्याबलेट बैंकिङ शुरु भएसँगै अब जनउत्थानले ट्याबलेटबाट मार्फत बैंकिङ सम्बन्धी कामहरु सहज तरिकाले गर्न सक्नेछ । उद्घाटन कार्यक्रममा संस्थाकी सदस्य कविता थारु चौधरीलाई उनको खाताको स्टेटमेन्ट ट्याब्लेट मार्फत प्रिन्ट गरी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा संस्था द्वारा ऊर्जा कर्जा अन्र्तगत प्रर्वद्धन गर्दै आइरहेका उर्जा प्रविधिहरु सुधारिएको चुलो, घरेलु तथा व्यवसायिक बाँयो ग्यास, सोलार कन्डक्सन ड्रायर, सौर्य विद्युत प्रणाली, सोलार वाटर पम्प, सोलार वाटर हिटर, सोलार कुटानी पिसानी, सोलार रेफ्रिजेरेटर, विद्युतीय रिक्साको बारेमा जानकारी गराउनुका साथै केही प्रविधिहरुको नमुना प्रर्दशनी समेत गरिएको थियो ।

संस्थाले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्ला र थप ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवाको पँहुच बाट बञ्चित करिब ४२,००० गरीव तथा विपन्न घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल सम्म संस्थाले समुह सदस्यहरुबाट करिव ४९ करोड बचत संकलन गरेको छ भने करिव १ अर्व ५३ करोड कर्जा लगानी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?