+

सुपर ओभरमा भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड

२०७६ माघ  १७ गते १७:४२ २०७६ माघ १७ गते १७:४२
सुपर ओभरमा भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड

१७ माघ, काठमाडौं । न्युजिल्याण्ड लगातार दोस्रो पटक सुपर ओभरमा पराजित भएको छ । भारतविरुद्ध टी २० सिरिज अन्तर्गत चौथो टी २० खेलमा न्युजिल्याण्ड सुपर ओभरमा पराजित भएको हो ।

तेस्रो खेलमा पनि न्यूजिल्याण्ड सुपर ओभरमै पराजित भएको थियो । खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १६५ रन बनाएपछि खेल टाई भएको थियो। त्यसपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

जसमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै १ विकेट गुमाएर १३ रन बनाएको थियो । टिम फेइफर्टले र कोलिन मनरोले १ चौका प्रहार गरेका थिए ।

भारतले सुपर ओभरमा १ विकेट गुमाएर १६ रन बनाउदै खेल जित्यो । लोकेश राहुलले एक छक्का र एक चौकासहित १० रन बनाए भने कप्तान विराट कोहलीले ६ रन जोडे ।

सुपर ओभरमा खेल जानुअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । भारतका लागि मनिस पाण्डेले अविजित रहँदै ५० रन बनाए । न्युजिल्याण्डका इस सोधीले ३ विकेट लिए ।

१६६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रन नै बनायो । न्युजिल्याण्डका लागि कोलिन मनरोले सर्वाधिक ६४ रन बनाए भने टिम फेइफर्टले ५७ रन जोडे । तर पनि जित हात पार्न सकेन । भारतका शार्दुल ठाकुरले २ विकेट लिए ।

चौथो खेल सुपर ओभरमा जितेपछि भारतले पाँच खेलको सिरिजमा ४-० को अग्रता बनाएको छ। भारतले यसअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय