Comments Add Comment

छुट्टै कोष बनाऔं, कर्जाको ब्याजदर एकल अंकमा झारौं

अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभरी फैलदैछ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै जादा यसको समग्र क्षेत्रमा असर परेको छ । विश्व अर्थतन्त्रमा यतिबेला यसको प्रत्यक्ष असर परिसकेको छ । नेपालमै पनि यतिबेला सबै क्षेत्रमा कोरोनाको असर परेको छ ।

विश्व बैंकले समेत कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरिसकेको अवस्था छ । कोरोको असर सबै क्षेत्रमा परेको छ भने लघुवित्त क्षेत्र पनि अछुतो रहने कुरै भएन ।

लघुवित्त वित्तीय संस्थाहरुले अहिले गाउँगाउँमा गएर विपन्न परिवारहरुलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् । अहिले देखिएको कोरोनको महाहारीको असर प्रत्यक्ष रुपमा लघुवित्त क्षेत्रमा परेको छ । अहिले नेपालमा करिब सय हारहारीमा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् ।

लघुवित्तका ग्राहक सदस्यहरु धेरै कृषि पेशा गर्ने हुनुहुन्छ, रेमिट्यान्सको भरमा पर्ने पनि हुनुहुन्छ भने दैनिक ज्यालादारीमा काम गर्नेहरु धेरै हाम्रा सदस्यहरु हुनुहुन्छ । अहिले समस्इामा परेका भनेका नै धेरै साना ऋणि नै हुन् । सबै क्रियाकलापहरु ठप्प प्रायः छन् । यसको प्रत्यक्ष असर पर्ने नै भयो ।

यतिबेला भनेको आफू बच्ने र अरुलाई पनि बचाउने समय हो । विश्व स्वास्थ्य संगठन, नेपाल सरकारले लगायतले दिएका संदेशहरुको हामीले पालना गर्नुपर्छ । हामीमा धेरै चुनौती छन् । यो चुनौती सामना गर्न हामी तयार हुनै पर्छ । प्रक्रिया बचाइराख्नु हामीमा चुनौती छ । हाम्रा ग्राहक सदस्यहरु धेरै भनेको विपन्न छन् ।

हामीले निम्न वर्गीय परिवारहरुलाई सेवा दिइरहेको छौं । हामीले गरिबका लागि सेवा दिएका छौं । तर यसको अर्थ हामीमा डराएर आत्तिएर भाग्नु पर्ने अवस्था भने छैन ।

हामीले आत्तिएर, डराएर भाग्नु भन्दा पनि कसरी समस्याको समाधान गर्ने भन्ने सोच्नु पर्छ । अहिले जुन परिस्थिति सिर्जना भएको छ, यसबाट विशेष गरेर गरिब जनताको उत्थान गर्ने काम गर्नु पर्छ । यो अवसर पनि हो ।

अहिले विपन्न वर्गमा जुन समस्या देखिएको छ, त्यसको समाधानकालागि एउटा कोष खडा गर्नु पर्छ । लघुवित्त वित्तीय संस्थाहरुले धेर चर्को ब्याज लिए, यसले गरिब जनतालाई झन समस्या पर्यो भन्ने कुराहरु धेरै उठेका छन् । कोरोना स.क्रमणबाट बचाउन र यस अघि उठेका समस्याहरु पनि सिर्जना हुन नदिनका लागि गरिबहरुको उत्थानका लागि एउटा बास्केट कोष बनाउनु पर्छ ।

हामीलाई कम्तिमा ५ देखि १० खर्ब रुपैयाँको कोष हामीलाई आवश्यक छ । तर तत्कालै त्यो सम्भव छैन । अहिले हामीले कम्तिमा १ खर्ब रुपैयाँको कोष बनायौं भने हामीलाई धेरै राम्रो हुन्छ । यो नेपाल राष्ट्र बैंकबाट परिचारित हुनुपर्छ ।

सुदुरपश्चिम प्रदेश सरकारले ११३ करोडको फण्ड बनाएको छ । सुदुरपश्चि क्षेत्रमा काम गर्ने लघुवित्त र सहकारी संस्थाहरुले २ प्रतिशतमा लगेर लैजान पाउछन् । त्यो फण्डबाट लगिएको रकम सहुलियत दरमा नै ग्राहक सदस्यहरुलाई लगानी गर्नु पर्ने हुन्छ । यहो फण्डको सदुपयोग गर्न प्रदेश सरकार कालिका लघुवित्त वित्तीय संस्थाले समेत सम्झौता भइसकेको छ । अहिले लगानी शुरु भइसकेको छैन ।

प्रदेश सरकारको जस्तै हामीले विशेष कोष बनाउने हो भने हामीले समस्याको समाधान पक्कै गर्न सक्छौं । जुन कोष हामीले बनाउछौं विपन्न वर्गलाई यसबाट सहुलियत ब्याजदरमा ऋण लगानी हुनुपर्छ । यसबाट लघुवित्तले एकदमै कम ब्याजदरमा कर्जा लिन पाउनुपर्छ ।

र त्यो पैसा विपन्न वर्गहरुमा सहुलियत दरमै कर्जा लगानी गर्नुपर्छ । यसरी कर्जा लगानी गर्दा एक अंक (सिंगल डिजिट) मा कायम गर्नु पर्छ । बढीमा ९ प्रतिशतमा कर्जा लिएर सदुपयोग गर्न पाए भने विपन्न वर्गको उत्थान पनि हुनेछ ।

यसो गर्ने हो साच्चिकै गरिबका लागि सरकारले गरेको देखिनेछ । हाम्रो सभ्य समाज छ । ऋण लिएर खाने भन्ने मानसिकता कम छ । ऋण लिए पछि तिर्नै पर्छ भन्ने ज्ञान हामीमा छ । अप्ठेरोमा परेको बेलामा तिर्न नसकिएला । तर बाउँले खाएको ऋण छोराले पनि तिर्ने चलन छ ।

चर्को ब्याजमा ऋण बोकाउने होइन, सस्तो ब्याजमा ऋण दिने हो भने सबैको उत्थान हुन्छ । यसतर्फ हामी सबैले सोच्नु पर्ने आवश्यकता देखिन्छ ।

(कालिका माइक्रोफाइनान्सका सीईओ बोहरासँग रोयल आचार्यले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment