+

इन्टर बराबरीमा रोकियो

२०७७ असार  २६ गते ९:२० २०७७ असार २६ गते ९:२०
इन्टर बराबरीमा रोकियो

२६ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत पछिल्लो खेलमा तेस्रो स्थानको इन्टर भेरोनासँग बराबरीमा रोकिएको छ । भेरोनाको मैदानमा भएको खेलमा इन्टरले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा एक गोलले पछि परेको इन्टरले लगातार दुई गोल गर्दै कुनै समय अग्रतासमेत लिएको थियो तर खेल सकिन ४ मिनेट अगाडि भेरोनाले गोल गरेपछि इन्टर अंक बाँड्न बाध्य भएको हो ।

घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै डार्को लाजोभिकले गोल गर्द भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा भेरोनाले अग्रता कायम राखेपनि इन्टरले दोस्रो हाफको सुरुमै गोल फर्कायो ।

४९औं मिनेटमा इन्टरका एन्टोनिओ कान्ड्रेभाले बराबरी गोल फर्काए । ५५औं मिनेटमा भेरोनाका फेडेरिको डिमार्कोले आत्मघाती गोल गरेपछि इन्टरले २-१ को अग्रता बनायो । तर ८६औं मिनेटमा भेरोनाका मिकेल भेलोसले गरेपछि खेल २-२ को बराबरीमा सकिएको हो ।

बराबरीपछि इन्टरले तेस्रो स्थानमा उक्लने मौका गुमायो । इन्टरको ३१ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट ६६ अंकसहित एटलान्टा तेस्रो स्थानमा छ । भेरोना ४३ अंकसहित नवौं स्थानमा छ ।

यस्तै अर्को खेलमा उडिनेसीले पुछारमा रहेको एसपीएललाई ३-० ले पराजित गरेको छ । जितपछि उडिनेसी ३१ खेलबाट ३५ अंक जोड्दै १४औं स्थानमा उक्लेको छ । १९ अंक मात्र रहेको एसपीएल रेलिगेसन जोगाउन संघर्षरत छ ।

इटालियन सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०