+

साग स्वर्णधारी सन्जुको प्रश्न- खेलाडीको स्वाभिमान खोइ ?

२०७७ असार  ३१ गते १०:१६ २०७७ असार ३१ गते १०:१६
साग स्वर्णधारी सन्जुको प्रश्न- खेलाडीको स्वाभिमान खोइ ?

३१ असार, काठमाडौं । गत मंसिरमा नेपाल भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् र स्वर्ण जित्दासमेत उनले अबको भविष्य के हुने भन्ने थाहा पाएकी थिइनन् । पीडा व्यक्त गरेकी थिइन् ।

उनै स्वर्णधारी सन्जुले खेलाडीको स्वाभिमान किन हुँदैन भन्दै प्रश्न गरेकी छन् ।

सोमबार मध्यरात सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सञ्जुले नेपालगञ्ज उपमहानगरपालिकाले सम्मान कार्यक्रम छ भनेर आफ्नो बुवालाई बोलाएर रित्तै हात घर फर्काएको भन्दै आक्रोश पोखेकी हुन् ।

‘हामी खेलाडीको स्वाभिमान हुँदैन र कुरा नबुझी सम्मान छ भन्दै बोलाउने । आफू नसके परिवारको मान्छेलाई पठाऊ भन्ने, परिवारको मान्छे पुगेपछि कुरा मिलेन भनेर जाऊ भन्ने ? उनले आक्रोशसहित खेलेकी छन्, ‘हामीलाई पैसा चाहिएको होइन । सम्मान चाहिएको हो ।’

सागमा भारत्तोलनकी उदयीमान खेलाडी सञ्जुले ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन । सरकारदेखि विभिन्न क्षेत्रबाट सम्मानित भइरहेका साग स्वर्णधारी खेलाडीलाई उनकै नगरपालिकाले भने अपमान गरेको उनले बताएकी छन् ।

खेलाडी यस्तो व्यवहार गर्दा खेलाडीको आत्मसम्मानमा आँच आउने उल्लेख गर्दै सञ्जुले भनेकी छन्, ‘यस्तै हुने हो भने आउने दिनमा अरु खेलाडीको परिवारले आफ्ना सन्तानलाई खेल्न दिन्छन् ?’

खेलाडीले देशका लागि खेल्ने बताउँदै उनले लेखेकी छन्, ‘पैसा होइन स्वाभिमान चाहिएको हो । खेलाडीले देशका लागि खेल्ने हो । त्यसपछि आफ्नालागि ।’

सञ्जु चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय