+
+

भारोत्तोलनमा स्वर्ण जित्दै सञ्जुले रचिन् इतिहास

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १८:१६

१९ मंसिर, पोखरा । नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण हो भने भारोत्तलनमै २००६ पछि पहिलो ।

महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) पनि बनाइन् ।

श्रीलंकन खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन् ।

चार देशले भाग लिएकोे विधामा पाकिस्तान खेलाडी चौथो भएका छन् ।

सागमा पहिलो सहभागितामै स्वर्ण जितेपछि सञ्जुले यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई दिइन् । उनले आफूलाई निकै खुसी लागेको बताएन् ।

तुलाराम कास्यमा सीमित

स्वर्ण आश गरिएका तुलाराम महतो भने कास्यमा सिमित भए । ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले स्न्याच र र क्लीन एण्ड जर्क गरी १७८ भार उठाए ।

श्रीलंकाका वाईडीआई कुमाराले स्वर्ण र बंगलादेशका राजकुमार रायले रजत पदक जितेका छन् ।

तस्वीरः १३औं साग प्रसार प्रसार समिति पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment