+
+
Shares

कांग्रेस वडा अधिवेशन आज पनि जारी रहने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ।
  • निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लाका वडामा अधिवेशन हुनेछन्।
  • आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ।

५ असोज, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन् ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन सुरु भएको थियो ।

निर्वाचन समितिका अनुसार आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।

रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडामा आज अधिवेशन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?