+
+
Shares

७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न : कांग्रेस निर्वाचन समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते २१:३०

४ असोज, काठमाडौं । देशभरका ७३ जिल्लाका छ हजार १३२ वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो र आज गरेर ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो ।

समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । उनले १५औँ महाधिवेशनअन्तर्गत ती वडाहरूमा वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

यस्तै, भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने वडा अधिवेशन बाँकी रहेको उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?