
बलिउड नायक संजय दत्तलाई अस्पतालमा भर्ना गरिएको छ । मुम्बइको लिलावती अस्पतालमा संजयलाई राखिएको छ । उनको पहिलो कोरोना रिपोर्ट भने नेगिटिभ आएको छ । ६१ बर्षका संजयको शरीरमा अक्सिनको तह कम भएपछि र वेचैनी बढेपछि अस्पताल भर्ना गरिएको हो ।
नायक दत्त आफैले ट्विटरमार्फत आफ्नो स्वास्थ्यको जानकारी दिएका छन् । उनले लेखेका छन्–‘म सबैलाई यो जानकारी दिन चाहन्छु कि, म ठिक छु । म अहिले डाक्टरको निगरानीमा छु र मेरो कोभिड रिपोर्ट नेगिटिभ आएको छ । म केही दिनमै घर फर्किनेछु । सबैको आर्शिवादका लागि धन्यवाद ।’
अस्पतालले जारी गरेको विज्ञप्तीमा संजय दत्तलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अहिले ठिक रहेको अस्पतालले जानकारी दिएको छ ।
संजयको केही महत्वपूर्ण मेडिकल टेष्ट गरेपछि उनको शरीरमा अक्सिनको तह किन कम भयो भन्ने थाहा हुने डाक्टरले जानकारी दिएका छन् । संजयले १० दिन पहिला मात्र आफ्नो जन्मदिन मनाएका थिए ।
प्रतिक्रिया 4