
४ असोज, काठमाडौं । डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले आइतबार माइतिघर मण्डलामा प्रर्शन गरेको हो ।
डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा अनसन बसेका छन् । यो उनको १९ औं अनसन हो ।
स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई शनिबार राति प्रहरीले बलपूर्वक अस्पताल पुर्याएको छ ।
पछिल्लो समय डाक्टर केसीले कोरोना भाइरस (कोभिड-१९)का संक्रमित पहिचानका लागि पीसीआर परीक्षण व्यापक बनाउनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने, नि:शुल्क, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनु पर्नेलगायतका माग राखेर अनसन बसेका हुन् ।
तस्वीर : चन्द्र आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4