२८ पुस, काठमाडौं । गल्फर सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद सागमा २ स्वर्ण जितेका सुवासले वर्ष खेलाडी युवा विधाको अवार्ड जितेका हुन् ।
उनले अवार्ड जित्ने क्रममा तेक्वान्दोका भुपेन श्रेष्ठ र सिना लिम्बु मादेन जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सन्जु चौधरीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
सुवासले १३औं सागमा व्यक्तिगत र समूहमा गरी दुई स्वर्ण जितेका थिए । सुवासले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएका हुन् ।
यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम स्पर्धामा सुवासले बर्मीको टिमबा६ खेल्दै टिम स्पर्धामा रजत जितेका थिए ।
१७ वर्षीय सुवासले २०७६ को फाल्डो सिरिज छनोटको उपाधि समेत जितेका थिए । यस्तै उनले सूर्य नेपाल प्रिमियर लिगको समग्रमा उपाधि पनि जितेका थिए ।
प्रतिक्रिया 4