+
+

गुल्मीमा जापानको सहयोगमा चार कोठे विद्यालय भवन निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १२:४४

२१ फागुन, गुल्मी । जापानको सहयोगमा गुल्मीमा चार कोठे विद्यालय भवन निर्माण भएको छ ।
मुसिकोट नगरपालिका–२ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालस्थित जापानी राजदूतावासका फस्ट सेक्रेटरी मिया मोतो केन्तरे र प्रोजेक्ट म्यानेजर नाउरो काटेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनदिप घिमिरेलाई नवनिर्मित भवनको चाबी हस्तान्तरण गरेका थिए ।

जापानी संस्था (सीजीपी) को आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । ०७५ फागुनमा न्यु लिजा कन्ट्रक्सनले ८५ लाख ८३ हजारको लागतमा विद्यालय भवन निर्माणको जिम्मा लिएको थियो ।

विद्यालयले आगामी वर्षदेखि सीटीभीटीमार्फत कृषि प्राविधिक शिक्षा सञ्चालनको योजना बनाएको विव्यस अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?