१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गरे ।
जारी त्रिदेशीय कपमा यो नेपालले गरेको पहिलो गोल हो । त्यस्तै सञ्जोगले राष्ट्रिय टिमबाट गरेको पनि यो पहिलो गोल हो ।
दशरथ रंगशालामा हुने फाइनल खेलका लागि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले दुई खेलाडी परिवर्तन गरेका छन् ।
अघिल्लो दुई खेलमा पहिलो रोजाईमा खेलेका अभिषेक रिजाल र रविकुमार पासवानको ठाउँमा सोमबार सुनील बल र विशाल राईले स्थान बनाएका छन् ।
प्रतिक्रिया 4