+
+

साउदी अरबले बेच्दैछ सबैभन्दा ठूला तेल कम्पनी, चीनले किन्ने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १२:०१

१६ वैशाख, काठमाडौँ । साउदी अरबियाको राजदरबारले आफ्नो स्वामित्वमा रहेको साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी विक्री गर्ने भएको छ ।

साउदी युवराज मोहम्मद बिल सलमानले साउदीको आराम्को नामक तेल कम्पनीको १ प्रतिशत शेयर बिक्रि गर्न लागेका हुन् । हालको आराम्कोको बजार मूल्य अनुसार १ प्रतिशत शेयरको भाउ १९ अर्ब डलर पर्नेछ ।

विश्वको सबैभन्दा ठूलो कम्पनी मध्येको एक आराम्कोको उक्त शेयर हिस्सा चीनले खरीद गर्नसक्ने बताइएको छ ।

हालै साउदीको सरकारी सञ्चार माध्यममा दुर्लभ अन्तरवार्ता दिँदै युवारज बिन सलमानले भनेका छन्, ‘आराम्को कम्पनीको १ प्रतिशत शेयर हिस्सा उर्जा क्षेत्रको विश्वको अग्रणी लगानीकर्ताले खरीद गर्नका लागि छलफल चलिरहेको छ । विश्वमा चीन साउदी अरेबियाबाट सबैभन्दा धेरै कच्चा तेल खरीद गर्ने देश हो ।’

कच्चा तेलको बिक्रि तथा व्यापार सञ्चालनका लागि चीन, भारत दक्षिणपूर्वी एसिया, जापान तथा दक्षिण कोरियामा लगानी गर्ने आराम्कोले आफ्नो पछिल्लो रिपोर्टमा बताएको थियो ।

साउदी अरबले सन् २०१९ मा इतिहासकै ठूलो आइपिओमा १.७ प्रतिशत आराम्कोको शेयर बिक्रि गरेको थियो । र, त्यसबाट उठेको २९ अर्ब ४० करोड डलर रकमलाई सरकारी भिजन २०३० नामक योजनामा लगानी गर्ने जनाएको थियो । अहिले आराम्को कम्पनीको बजार मूल्य १.७ ट्रिलियन डलर रहेको छ । सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?