
वेव सिरिज ‘द फेमिली म्यान २’ जुन ४ तारिखमा रिलिज भैसकेको छ । यो सिरिजलाई दर्शकले निकै रुचाएका छन् । यो सिरिजको मुख्य भूमिकामा कलाकार मनोज वाजपेयीले काम गरेका छन् । वेव सिरिजको दोश्रो श्रृङ्खलामा पनि मनोजको कामलाई दर्शकले तारिफ गरिरहेका छन् ।
मनोजले सिरिजको दोश्रो श्रृङ्खलाका लागि ८ देखि १० करोड पारिश्रमिक वुझेको भारतीय मिडियाले दाबी गरेका छन् । यसैविच, यसको तेश्रो सिरिज बनाउने तयारी समेत गरिएको छ । ‘द फेमिली म्यान ३’ ९ भागेको हुनेछ । सिरिजको दोश्रो श्रृङ्गलामा नै तेश्रो सिरिज बन्न सक्ने संकेत दिइएको छ ।
वेव सिरिजमा सर्वाधिक रुचाइएका मनोजले अब भने आफ्नो पारिश्रमिक बढाएका छन् । वेव सिरिजमा आफूलाई दर्शकले मन पराएपछि मनोजले ‘द फेमिली म्यान ३’का लागि प्रत्येक भागको २.२५ करोडदेखि २.५० करोड पारिश्रमिक लिने तयारी गरेका छन् ।
यस अनुसार, मनोजले ९ भागको २० करोड भन्दा बढी पारिश्रमिक वुझ्नेछन् । जुन, उनले ‘द फेमिली म्यान २’मा लिएको भन्दा दोब्बर हो ।
प्रतिक्रिया 4