+
+
Shares

‘पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए’

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १४ गते २२:४०

kastamandap-air-crash-2

तस्वीरः कमल साही 

१४ फागुन, काठमाडौं । ‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरु चिच्याउने गर्न थाले । तत्कालै सबैलाई सान्त्वना दिँदै दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए । विमानमा यात्रा गरेका मेघराज गिरीले भन्छन्, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस-२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।

आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

Dineshneupane-and-Santosh-rana

पाइलट दिनेश न्यौपाने र कोपाइलट राना

पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो ।

यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिमि्रक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’ अनलाइनखबरसँग कुरा गर्दै पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’

विमानका पाइलट दिनेश र को पाइलट सन्तोष रानाले विमानलाई खेतमा अवतरण गराएका थिए ।

दुर्घटनामा घाइतेहरुलाई लिन कालिकोट पुगेका श्रीएयरलाइन्सका पाइटल कर्णेल मदन केसीका अनुसार ल्याण्ड गराउने क्रममा विमानको पाग्रा दाउराको कुन्यूमा ठोकिएपछि खेतको कान्लामा ठोक्किएको देखिन्छ ।

कर्णेल केसीले भने, ‘अप्ठेरो ठाउँमा पनि एकदमै राम्रो जजमेन्ट गरेर खेतमा ल्याण्ड गराउन खोजिएको रहेछ । जहाज सेफल्याण्ड गर्ने क्रममा अगाडिको भाग क्षतिग्रस्त भएकाले पाइलटहरु बाँच्न सफल हुनुभएन ।’

जहाजमा सवार यात्रुहरुमध्ये लक्ष्मण खड्काको अवस्था गम्भीर छ । अरुलाई पनि चोट लागेको छ ।

kastamandap-air

kastamandap-air-crash-3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?