News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्।
- जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई मन्त्री नियुक्त गरेका हुन्।
७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त गरेका छन् ।
जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । उनको आजै केहीबेरमा शपथ ग्रहण हुँदैछ ।
मधेश सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन छन् ।
उनीहरूलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए ।
यद्यपि राजीनामा नदिएपछि बर्खास्त गरेर नयाँ मन्त्री नियुक्तितिर मुख्यमन्त्री यादव लागेका हुन् ।
उता, जनमत पार्टीका दुई मन्त्रीहरूले भने राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया 4