+
+
Shares

मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

जनमतले गत वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ जेठ ७ गते २१:२०
महेशप्रसाद यादव र वसन्त कुशवाहा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्रीको निर्देशनमा राजीनामा बुझाएका छन्।
  • जनमतले वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए।
  • मधेशमा नेकपा एमालेलाई सत्तामा भिर्त्याएर जसपालाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै मुख्यमन्त्रीले जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन भनेका थिए।

७ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशनपश्चात उनीहरूले राजीनामा बुझाएका हुन् । जनमतले गत वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए ।

मधेशमा नेकपा एमालेलाई सत्तामा भिर्त्याएर जसपा नेपाललाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन मुख्यमन्त्री यादवले भनेका थिए ।

जसपाका मन्त्रीहरूलाई राजीनामा दिन भनेपनि उनीहरूले बुझाएका छैनन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?