News Summary
Generated by OK AI. Editorially reviewed.- मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक अन्योल बनेको छ।
- जसपा नेपालले विश्वासको मत दिने कि नदिने निर्णय गर्न सकेको छैन।
- कांग्रेसको शेखर समूहले मुख्यमन्त्री यादवलाई फ्लोर क्रस गर्ने जोखिम छ।
१ जेठ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक अन्योल बनेको छ ।
सत्तागठबन्धन भित्रको आन्तरिक समिकरणमा आएको असन्तुष्टिको कारण अन्योल बनेको हो ।
जसपा नेपालले अझैसम्म विश्वासको मत दिने कि नदिने भनेर दलको निर्णय गर्न सकेको छैन । कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवलाई आफ्नै पार्टीको शेखर समूहले समेत फ्लोर क्रस गर्ने जोखिम छ ।
गत वैशाख २१ गते जनमतले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्रीको विश्वासको लागि बिहान ११ बजे बैठक डाकिएको थियो ।
तर दिउँसो १ बजेपनि बैठक सुरु हुन सकेको छैन । बैठक दिउँसो १:१० बजेको लागि सारिएको छ । अहिले कार्यव्यवस्था परामर्स समितिको बैठक चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4