१२ भदौ, काठमाडौं । जापानिज इलेक्ट्रोनिक्स कम्पनी तोसिवा कर्पोरेशनका नयाँ रेफ्रिजेरेटर नेपाली बजारमा भित्रिएका छन् । तोसिवाको ग्लास डोर सिरिजमा ४१० र ४६० लिटर गरि दुई मोडलका रेफ्रिजेरेटर नेपाली बजारमा भित्रिएका हुन् । डबल डोर सिष्टममा उपलब्ध रेफ्रिजेरेटर नेपाली बजारमा ४१० लिटरको ६५ हजार २ सय ९० रुपैयाँ र ४६० लिटरको ७० हजार ८ सय ९० रुपैयाँ पर्नेछ ।
तोसिवाको नेपालका लागि आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको इओएल प्रालिले नयाँ रेफ्रिजेरेटर बजारमा ल्याएको हो । यी रेफ्रिजेरेटरले ९५ प्रतिशतसम्म ब्याक्टेरिया नष्ट गर्ने कम्पनीले दाबि गरेको छ । कम्पनीका अनुसार रेफ्रिजेरेटरमा पछिल्ला अत्याधुनिक प्रविधिहरु प्रयोग गरिएको छ । रेफ्रिजेरेटरले उर्जासमेत बचत गर्ने बताइएको छ । कम्पनीले ग्राहकहरुलाई २ वर्षसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4