+
+

३ सय बढी एमाओवादी कार्यकर्ता काँग्रेसमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १३ गते ११:०८

१३ भदौ, काठमाण्डौ । तीन सयभन्दा बढी एकीकृत माओवादीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । एमाओवादीका नेता डा. बाबुराम भट्टराईका आर्थिक सल्लाहकार एवम् पूर्वअर्थसचिव रामेश्वर खनाल नेपाली काँग्रेस प्रवेश गरेको केहीदिनपछि बिहीवार एमाओवादीका नेवा राज्यसमिति सदस्यसहित तीनसयभन्दा बढी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

congress flag

विहीवार नेवा राज्य समिति सदस्य यमवहादुर थापा अरुणको नेतृत्वको तीनसभन्दा बढी एमाओवादीका कार्यकर्ताहरुलाई काँग्रेस सभापति सुशील कोइरालाले पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका वीच टिका लगाएर पार्टीको सदस्यता दिनु भएको हो ।

थापासंगै एमाओवादी काठमाण्डौ जिल्ला सदस्य एवम् बेरोजगार युवा संघका केन्द्रीय सदस्य जितवहादुर केसी, वाइसियल काठमाण्डौ जिल्ला सदस्य पंकज मल्ल, दोलखा एरिया कमिटी सदस्य अर्जुन सेँढाई लगायतका नेता तथा कार्यकर्ताले एमाओवादी त्यागेर काँग्रेसमा प्रवेश गरेको काँग्रेस मूख्यसचिव चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार पार्टी प्रवेश गर्नेमा सवैभन्दा बढी गोरखा जिल्लाका एमाओवादी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । यस्तै नुवाकोट, धादिङ, मकवानपुर, दोलखा, काठमाण्डौ लगायत जिल्लाका एमाओवादी कार्यकर्ताहरु पनि काँग्रेस प्रबेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?