+
+

सार्क राष्ट्रबीच दरिलो एकता आवश्यक : डा. सरथ

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ८:२९

१४ भदौ, कोलम्बो । सार्क राष्ट्रका अर्थमन्त्रीहरुको छैटौं बैठक श्रीलंकाको कोलम्बोमा शुरु भएको छ । बैठकमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानका अर्थमन्त्रीहरुको सहभागिता छ ।

वैठकको सातै देशका अर्थमन्त्रीहरुले सामूहिक रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । नेपालको तर्फबाट अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको टोलीमा अर्थ सचिव शान्तराज सुवेदी, श्रीलंकाका लागि नेपाली राजदूत सुशीलचन्द्र अमात्य, अर्थ मन्त्रालय वैदेशिक महाशाखा प्रमुख मधु मरासिनी, परराष्ट मन्त्रालयका मणिरत्न शर्मा, कैलाश पोखरेल र रामसिंह थापा सहभागी हुनुहुन्छ ।

Shark-Meeting

बैठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयोजक राष्ट्र श्रीलंकाका वरिष्ठ अन्तर्राष्ट्रिय अनुगमन सहायता तथा अर्थ र योजना उपमन्त्री डा. सरथ अमुगामाले आपसी सम्बन्ध सुदृढ गर्ने मात्र होइन, संगठित आतंकवादलाई पराजित गर्न सार्क राष्टबीच दरिलो एकता आवश्यक भएको बताउनुभयो ।

सार्क सचिवालयका महासचिव अहमद सलिमले विश्व अर्थतन्त्रमा आएको परिवर्तन अनुसार सार्क सदस्य राष्टले पनि समीक्षा गर्नुपर्ने खाँचो औंल्याउनु भयो ।

बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । यसैगरी बैठकले लगानी प्रवर्द्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिनेछ । विश्वले झेलिरहेको वित्तिय संकटबाट यसक्षेत्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि अर्थमन्त्रीहरुले छलफल गर्ने बताइएको छ ।

सार्क राष्ट्रका अर्थमन्त्रीहरुले आजै श्रीलंका राष्टपति महिन्दा राजापाक्षसँग सामूहिक शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा राष्ट्रपति राजापाक्षेले विश्व मञ्चमा सार्क सदस्यहरुका एउटै स्वर हुनुपर्ने बताउनु भयो । उहाँले यसक्षेत्रका जनताको जीवनस्तर उकास्न सार्कका भावी कार्यदिशा लक्षित हुनुपर्ने खाँचो औंल्याउनु भयो । सार्क अर्थमन्त्री स्तरीय सातौं बैठक अर्को वर्षमा नेपालमा बस्ने यसअघि नै तय भइसकेको छ ।

Shark-Meeting-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?