स्विडेनका वैज्ञानिकहरुले नयाँ रासायनिक तत्व आविष्कार गरेका छन् । लण्ड विश्वविद्यालयका वैज्ञानिकहरुले सबैभन्दा गह्रौँ तत्वको आविष्कार गरेको दाबी गरेका हुन् । वैज्ञानिकहरुले पछिल्लोपटक पत्ता लगाएको यो तत्व पृथ्वीको ११५ औँ तत्व हो । यो हेभी इलिमेन्टको नाम अझै राखिएको छैन र यो ११५ औँ तत्व भएकाले यसलाई अनअनपेन्टियम भनिएको छ ।
इन्टरनेसनल युनियन अफ प्योर एण्ड एप्लाइड फिजिक्स एण्ड केमेस्ट्री -आइयुप्याक) ले प्रमाणित गरेपछि मात्र यो नयाँ तत्वले औपचारिक रुपमा पृथ्वीमा रहेका तत्वहरुको संग्रह पेरियोडिक तालिकामा ११५ औँ तत्वको रुपमा प्रवेश पाउनेछ ।
वैज्ञानिकहरुले प्रयोगशालामा तयार पारेको यो तत्व अत्यन्तै अस्थीर हुने र प्राकृतिक रुपमा ब्रम्हाण्डमा केही सेकेण्ड मात्र अस्तित्वमा रहने बताइएको छ
। विशाल तारा कालो छिद्रमा परिवर्तन हुने सन्दर्भमा सुपर नोभामा परिणत हुने बेला यो तत्वको निर्माण हुन्छ र एक सेकेण्डभन्दा पनि कम समयमा यो तत्वको अस्तित्व समाप्त भैसक्छ ।
क्याल्सियम आयोन र अमेरिकियम तत्व प्रयोगशालामा ठोक्काएर वैज्ञानिकहरुले यो तत्वको विकाश गरेका हुन् ।
यो तत्व अहिलेसम्म पत्ता लागेको मध्ये सबैभन्दा गह्रौँ तत्व हो ।
स्मरण रहोस् अमेरिकी र रुसी वैज्ञानिकहरुले यस्तो तत्वको आविष्कार गरेको झण्डै एक दशकअघि नै दाबी गरेका भएपनि त्यो पुष्टि हुन सकेको थिएन ।
प्रतिक्रिया 4