५ कात्तिक काठमाडौं । हिन्दूहरूको पवित्र तीर्थस्थल आरध्यदेव भगवान पशुपतिनाथको मन्दिर परिसरमा हरेक साँझ आरती हुन्छ । भारतीको हरिद्दार र बनारसका मन्दिरहहरूमा आरती गर्ने चलन पहिलेदेखि चलिआए पनि भगवान पशुपतिनाथको मन्दिरमा २०६४ साउनबाट भक्ति संगीतसहितको आरती हुन थालेको हो ।
साँझ साढे ६ बजेपछि हरेक दिन पशुपतिनाथ मन्दिरको पूर्वी भागमा भक्ति संगीतमय हुने गर्दछ । संगीतसँगै शिवका अनेक स्तुतिका मन्त्रहरूसहितको सङ्गीत र आरतीले साँझमा पशुपतिनाथलाई आकर्षक बनाइरहेको छ।भक्ति सङ्गीतमा झुम्दै नाच्ने भक्तजनहरूले माहोललाई अझ रमाइलो बनाएका हुन्छन् ।
आरती गराउन देश तथा विदेशबाट समेत भक्तजन आउने गरेका छन् । परिवारका सदस्यको जन्मदिनमा वा मृतात्माको चिर शान्तिको कामना गर्न पशुपतिमा आरती गर्नेको संख्या बढिरहेको छ ।
भारतमा प्रख्यात द्वादश ज्योतिर्लिङ्गको दर्शन गरेर पशुपतिनाथको दर्शन नगरी तीर्थयात्रा पूरा हुँदैन भन्ने मान्यता छ । हिन्दू धर्मावलम्बीलाई तान्ने आकर्षणहरूमध्ये एक हो, साँझमा बागमतीको किनारमा गरिने पशुपतिनाथको साङ्गीतिक आरती । नेपाल भ्रमणका लागि आएका अन्य विदेशी पर्यटक पनि आरतीमा रम्ने गरेको देखिन्छ ।
प्रतिक्रिया 4