Comments Add Comment

रक्सी खाएर होहल्ला गर्ने उम्मेदवार पक्राउ

गौतम श्रेष्ठ

९ कात्तिक, रौतहट । रौतहट क्षेत्र नम्बर दुई का प्रत्यक्ष तर्फका एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । गए राति मादक पदार्थ सेवन गरी हो हल्ला गरेको आरोपमा लोक दलका उम्मेदवार मोहम्द आफताब आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

राति अबेर मादक पदार्थ सेवन गरी आचारसंहिता विपरीत काम गरेको आरोपमा प्रहरीले आलमलाई अकोलवाबाट नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक गोबिन्द राम परियारले जानकारी दिनुभयो । पक्राउ परेका आलमलाई उम्मेदवार भएकाले निर्वाचन कार्यालयको नियमानूसार कारवाही हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment