+
+
Shares

सचिवको कार्यकक्षमा मन्त्रीले लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते २०:३६

२७ चैत, हेटौंडा । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

मन्त्रालयको काममा चासो नदिएको र मातहतका महाशाखाले पठाएका फाइल कार्यान्वयन नगरेकको भन्दै उनले सचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालबन्दी गरिदिएका हुन् ।

केहीदिन अघिमात्र मन्त्रालय आएका सचिव पौड्याल र मन्त्रीबीच विवाद चलिरहेको थियो । आफू मातहतका निकायबाट आएका फाइल कोठामै राखेर आएको छैन भन्दै मन्त्रालयका कामलाई असहज बनाएपछि कोठाको फाइलको सुरक्षाका लागि ताला लगाएको काठमाडौं जाँदै गरेका मन्त्री दुलालले भने ।

मन्त्री र सचिवबीचको तनाबसँगै सचिव पौडेल मंगलबार नै बिदा मागेर काठमाडौँ गएका छन् । सचिव पौड्यालले आफू १० दिनको घरविदा स्वीकृत गरी काठमाडौँ आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?