+
+
Shares

हतियार खोज्दा झण्डामा बेरेर राखेको बम भेटियो

गौरव पोखरेल गौरव पोखरेल
२०७५ चैत २५ गते १९:२५
Photo Credit : फाइल फोटो

२५ चैत, काठमाडौं । सोमबार बिहानै प्रहरीलाई सूचना आयो, ‘बसुन्धराको ओसिस क्याफे पछाडि रहेको घरमा ठूलो परिणाममा हतियार लुकाइएको छ ।’

विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै अवैध हातहतियारको खोजी तीव्र बनाएको प्रहरी यो सूचनाले गम्भीर बनायो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोली अपरेशनमा खटियो भने काठमाडौं प्रहरी परिसर, टेकु पनि सम्पर्कमा थियो ।

अपरेशन टोली सम्भावित घरमा पुग्यो । सावधानीपूर्वक प्रवेश गरेको प्रहरी टोलीले दोस्रो तलासम्म पुग्दा त्यस्तो केही भेटेन । तेस्रो तलमा रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा छिरेर प्रहरीले सबैलाई नियन्त्रणमा लियो, खानतलासी गर्‍यो तर, हतियार त भेटिएन । बरु सकेट बम भने भेटिएको छ ।

एक प्रहरी अधिकारीकाअनुसार हसिया हथौडा अंकित झण्डामा बेरेर राखेको अवस्थामा सकेट बम भेटिएको हो । प्रहरीले कार्यालयमा रहेका सेवाग्राही र कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

कार्यालयका सञ्चालक डम्बर विसी भने पाटन हस्पिटलमा उपचाररत् छन् ।

हाल नेपाली सेनाको टोली घटनास्थलमा पुगेर बम डिस्पोज गरिरहेको छ । यसअघि २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । घटनामा ३ जना घाइते भएका थिए भने ठूलो भौतिक क्षति भएको थियो ।

अनुसन्धानका क्रममा प्रतिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले माग गरे अनुसार चन्दा नदिएपछि उनको घरमा विष्फोट गराइएको खुलेको थियो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?