+
+
Shares

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १७:४२

२३ वैशाख, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ब्राउन सुगर ५ ग्रामसहित इलामको इलाम नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.–०३–००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?