Comments Add Comment

गौरव पोखरेल

लेखकबाट थप

List Grid
६ जनाको योजनाबद्ध हत्या, चिर्पटसँगै चक्कु पनि हानिएको थियो

४ असोज, काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ मा एकै परिवारका ६ जनाको हत्या भएको एक सातापछि प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै भनेको थियो, ‘घटना सुनियोजित होइन, चरण घृणा र आवेशमा भएको देखिन्छ ।’ २१ भदौमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । २७ भदौमा भतिजा लोकबहादुरलाई अभियुक्तको रुपमा सार्वजनिक गर्दै प्रदेश प्रहरी […]

रहेन सिडिओको शान र मान

संघीय सरकारको प्रतिनिधि भनिने प्रमुख जिल्ला अधिकारीको अहिलेको नियमित काम नागरिकता र राहदानी विभागले बनाइदिएको पासपोर्ट बाँड्नु मात्रै हो । लामो समयसम्म शान र मान बोकेको यो शक्तिकेन्द्र आज किन एउटा समन्वय इकाइमा सीमित भयो ?

विभूषणमा देउवा सरकारको रेकर्ड, सत्तारुढ दल निकटलाई तक्मैतक्मा

सबभन्दा ठूलो विभूषण नेपालरत्न स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ । दोस्रो ठूलो विभूषण राष्ट्रगौरव पनि कांग्रेसका अर्का नेता सुवर्णशम्सेर राणालाई दिने घोषणा गरिएको छ । राणासँगै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई यो पदवी दिने घोषणा गरिएको छ । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई प्रवल जनसेवाश्री र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका दिवंगत पिता मंगलकुमार उपाध्यायलाई प्रवल जनसेवाश्री पदक प्रदान गरिएको छ ।

संखुवासभा घटना : सन्काहा भतिजले मच्चाएको हत्याकाण्ड

२७ भदौ, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारको ६ जना व्यक्तिको हत्या भयो भनेर जसले छरछिमेकलाई खबर गरेका थिए, तिनै व्यक्ति सामूहिक हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले आइतबार संखुवासभामा सार्वजनिक गरेका आरोपित लोकबहादुर कार्की तिनै व्यक्ति हुन्, जसले ५२ वर्षीय तेजबहादुर कार्कीको शव देखेको भन्दै […]

संखुवासभा सामूहिक हत्या : नगद र गरगहना सुरक्षित भेटियो, कुकुरले दिएन संकेत

२२ भदौ, काठमाडौं । झापामा ८० लाख रुपैयाँमा जग्गा तयारीमा रहेको संखुवासभाको कार्की परिवारका ६ जना मारिएपछि धेरैको आशंका थियो, लुटपाटको उद्देश्यले हत्या भएको हुनसक्छ । तर प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लुटपाट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा कोही व्यक्ति जबरजस्ती प्रवेश गरेको देखिएको […]

जसपाकै बाटोमा विवेकशील साझा

२१ भदौ, काठमाडौं । परम्परागत पार्टीहरू असफल भएको भन्दै वैकल्पिक राजनीतिको बाटो अंगालेको विवकेशील साझा पनि पुरानै दलहरू जस्तै आन्तरिक कलहमा फसेको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि सिर्जना भएको विवाद अहिले समानान्तर गतिविधि सञ्चालनसम्म पुगेको छ । र, तत्काल दुवै पक्षबीच सहमति हुने सम्भावना […]

सैनिक अदालतको गलत फैसलाले २८ महिना थुनिए निर्दोष दुई सैनिक

१८ भदौ, काठमाडौं । नेपाली सेनाको सैनिक विशेष अदालतले हतियार चोरीको आरोपमा बर्खास्त गरी २८ महिना थुनामा राखेको दुई सैनिक निर्दोष भएको स्वीकार गरेको छ । तर जंगी अड्डाले आफ्नो छानविनमा भएको कमजोरी स्वीकार गर्नुको साटो उनीहरुको बढुवा तीन वर्ष रोक्का गर्ने निर्णय गरेको छ । कानूनका जानकारहरुले यो घटनाले सैनिक विशेष अदालतमाथि नै गम्भीर […]

विवेकशील साझा : फुट्न पनि गाह्रो, जुट्न पनि गाह्रो

१४ भदौ, काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रतिवेदन नआएको भए विवेकशील साझा पार्टीका नेता कार्यकर्ता अहिले एकता महाधिवेशनको तयारीमा जुटिरहेका हुन्थे । चुनावसम्मको एजेण्डाबारे आन्तरिक छलफल र बैठक चलिरहेको हुन्थ्यो । तर मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीको औपचारिक बैठक र छलफल अहिले ठप्प […]

एउटै कार्यालयमा महीनामा २७ ठगीका उजुरी : कतै आइफोन, कतै डलरको लोभमा लाखौं स्वाहा

११ भदौ, काठमाडौं । सोलुखुम्बुकी २८ वर्षीया अनिता (नाम परिवर्तन) लाई असार अन्तिम साता एप्पल कम्पनीमा काम गर्छु भन्दै चुम ली नामक व्यक्तिले फ्रेण्ड रिक्वेस्ट पठाए । झट्ट हेर्दा विदेशी नागरिक जस्तै देखिने चुम लिले अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्छु भनेर फोटो पठाएपछि उनले सहजै विश्वास गरिन् । सामान्य कुराकानी भएको केही समयमै उनले ‘भ्वाइस कल’ […]

दार्चुला घटनाको प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्री अनिच्छुक

१० भदौ, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार खुस्काइदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेको २७ दिन  भइसक्यो । तर न जयसिंहको शव भेटिएको छ, न सरकारले घटनाको यथार्थ सार्वजनिक गर्न सकेको छ । सरकारले १० दिनको म्याद दिएर बनाएको छानबिन समितिको म्याद पटक–पटक थपिएको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार गृह […]

सीमा क्षेत्रमा नेपालीले दिनहुँ भोग्छन् हैरानी, गृह मन्त्रालय चूँसम्म पनि बोल्दैन

४ भदौ, काठमाडौं । पाँचथरदेखि दार्चुलासम्मको भारतीय सीमा आसपासमा दिनहुँजसो नेपालीमाथि ज्यादती हुन्छ । तर, सीमावर्ती क्षेत्रको भौतिक, सामरिक स्थितिको निगरानी राख्नुपर्ने गृह मन्त्रालय एकजना अधिकृतलाई यो जिम्मेवारी दिएर बसेको छ ।

परीक्षा समितिका सदस्यले नै फोटोकपी गरेर बाँडेका थिए प्रि-स्याटको प्रश्नपत्र

२७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको […]