
२५ वैशाख, काठमाडौं । धादिङमा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ ।
प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका-९ नियालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको हो ।
उनीमाथि सोही ठाउँ बस्ने करिब ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
अनुहारमा चोट लागेका लम्सालनलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेंसी लगिएको थियो । तर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने व्यक्ति बाबुकाजीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लम्सालमाथि किन खुकुरी प्रहार भएको हो भन्नेबारे अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4