+
+
Shares

सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीको विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १०:२४
Photo Credit : चन्द्र आले/अनलाइनखबर

२७ चैत, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई सरकारले बुधबार विदाइ गरेको छ । नापी विभागको टोलीलाई बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका हुन् ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा उनीहरुलाई विदाई गरे । विदाई कार्यक्रममा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको पनि सहभागीता थियो ।

नेपालले आफैं सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो । यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । यद्यपि नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार सगरमाथाको उचाइ मापन गर्ने टोली बुधबारै सगरमाथातर्फ प्रस्थान गर्ने छ । टोलीले आउँदो डिसेम्बर महिनाभित्रै रिपोर्ट बुझाउने मन्त्रालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?