Comments Add Comment

इमरान खान भन्छन्- मोदी फेरि प्रधानमन्त्री बने शान्ति वार्ता हुनसक्छ

२७ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको निर्वाचनमा भाजपाले जितेमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरेका छन् । मोदी प्रधानमन्त्रीमा दोहोरिएमा दुई देशबीच शान्ति वार्ताको सम्भावना पनि हुने उनले बताएका छन् ।

भारतमा लोकसभाको पहिलो चरणको निर्वाचन बिहीबार हुँदैछ । त्यसको अघिल्लो दिन बुधबार विदेशी पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री खानले भने- यदि भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेमा पाकिस्तानसँग वार्ता गर्न डराउन सक्छ ।

कांग्रेस भारतको दक्षिणपन्थी पार्टीसँग डराउने खानको भनाइ छ । प्रधानमन्त्री खानले भने, ‘भाजपा दक्षिणपन्थी पार्टी हो र उसले जितेमा कश्मीरको विषयमा वार्ता अघि बढ्न सक्छ । यद्यपि भारतका मुसलमानहरुले आफूलाई मोदीसँग पूरै असुरक्षित महसुस गरिरहेका छन् ।’

खानले भने, ‘अहिले भारतमा जे भइरहेको छ त्यसबारे मैले कहिल्यै पनि सोचेको थिएन कि यस्तो पनि हुन्छ भनेर । भारतमा मुसलमानको पहिचानमा हमला भइरहेको छ । मोदी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुजस्तै छन् । दुवैजना डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’

यो पनि पढ्नुहोस इजरायल निर्वाचन : सरकारमा नेतन्याहु र बेन्नी दुवैको दावी

इमरान खानले भाजपाले जम्मु-कश्मीरको विशेष दर्जा हत्याउन खोजेको भन्दै यो असाध्यै चिन्ताजनक भएको बताएका छन् । उनले यसलाई अनुचित कार्य पनि भनेका छन् ।

सन् १९४७ मा बि्रटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टएिर नयाँ स्वतन्त्र राष्ट्र बनेका थिए । त्यतिबेलादेखि नै भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध छ । त्यसको केन्द्र अहिलेसम्म पनि कश्मीर नै बनेको छ ।

गत १४ फेब्रुअरीमा जम्मु कश्मिरको पुलवामा भारतीय सीमा सुरक्षाकर्मीमाथि आतंकवादी हमला भएपछि दुई देशबीच शत्रुवत व्यवहार अझै उत्कर्षमा पुगेको थियो ।

आक्रमणकारी जैश-ए-मोहम्मद समूहलाई पाकिस्तानको संरक्षण रहेको भन्दै भारतले पाकिस्तानी भूमिमा २६ फेब्रुअरीमा हवाई आक्रमण गरेको थियो । आक्रमणबाट आतंकवादीको मुख्यालय ध्वस्त पारेको दावी भारतले गरे पनि पाकिस्तानले भने सो आक्रमणबाट जंगलका रुख बिरुवामा मात्र क्षति पुगेको बताउँदै आएको छ ।

सोही क्रममा पाकिस्तानले भारतीय एउटा वायु सेनालाई जमिनमा खसाल्नुका साथै त्यसका पाइलट अभिमन्यूलाई समेत नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै भारत पछि हटेको थियो । त्यसपछि पाकिस्तानले ति पाइलटलाई ससम्मान रिहा गरिदिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment