+
+

नेपाल जर्नी टु वर्ल्डकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २१ गते १४:३५

२१ मंसिर, काठमाडौं । सिंगापुरलाई २ सय २७ रनले पराजित गर्दै नेपाल जर्नी टु वर्ल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि नेपाल एयर इण्डियासँग खेल्नेछ । समूह चरणमा भएको खेलमा नेपालले ५ विकेटले पराजित गरेको थियो ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको नेपालले ४५ ओभरमा ८ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले अविजित ९१ रन बनाए । आक्रमक व्याटिङ गरेका उनले ४५ बलमा ४ चौका र ८ छक्काको मदतमा ९१ रन बनाएका हुन् ।

सुवास खकुरेलले ७५ रन बनाए । पहिलो विकेटका लागि खकुरेलसँग १ सय २५ रनको साझेदारी गरेका अनिल मण्डलले ५८ रन आउट भए भने ज्ञानेन्द्र मल्लले ४८ रनमा पभेलियन फर्किए । पृथु बास्कोटाले १८ रन बनाए भने बिनोद भण्डारी शून्यमै बोल्ड भए । बसन्त रेग्मी ३ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको सिंगापुर १७.१ ओभरमा ८६ रन बनाउँदा अलआउट भयो । उसका अनिस इडवार्डले १९ र विजयकुमारले १२ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ५.२ ओभर २३ रन दिएर ३ विकेट लिए भने राजकुमार प्रधानले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे । वसन्त रेग्मी र जितेन्द्र मुखियाले २-२ विकेट लिए ।

नेपालसँग फाइनल भिडन्त पक्का गर्ने क्रममा एयर इण्डियाले दिल्ली वन्डर्सलाई ३९ रनले पराजित गर्‍यो । पहिले व्याटिङ गरेको एयर इण्डियाले ३५.२ ओभरमा १ सय ७७ रन जोड्दा सबै विकेट गुमायो । जवाफमा मैदान उत्रिएको दिल्ली वन्डर्स ३३.३ ओभरमा १ सय ३८ रन जोड्दा अलआउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?