+
+

नेपालमा बढ्न थाल्यो मृत्युदण्डको माग

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ५ गते १६:४४

५ पुस, काठमाडौं । नेपालको संविधानले मृत्युदण्डसम्बन्धी कानुनलाई बर्जित गरेको छ । तर, संविधानले मृत्युदण्डलाई अस्वीकार गरे पनि नेपालमा भ्रष्टाचार र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नहरुलाई मृत्युदण्ड दिनुपर्ने माग बढ्न थालेको छ । कतिपयले चाहिँ मृत्युदण्डसम्बन्धी कानूनको दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।taraju

अनलाइनखबरले गरेको पाठक सर्वेक्षणमा बहुसंख्यक सहभागीहरुले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने पक्षमा बढी मत दिएका छन् । सर्वेक्षणमा ८० प्रतिशतभन्दा बढी सहभागीले मृत्युदण्डको पक्षमा मत दिएका छन् । मृत्युदण्डको पक्षमा मत दिन नचाहनेहरुले भने आजीवन जेल सजाय, दोषीको सबै सम्पत्ति राष्ट्रियकरणजस्ता कडा सजायको माग गरेका छन् ।

केही महिनाअघि चीनमा पनि भ्रष्टाचार अभियोगमा एकजना पूर्वमन्त्रीले मृत्युदण्ड भोगे । विश्वलाई लोकतन्त्रको पाठ सिकाउने मुलुकहरुमा पनि मृत्युदण्डको कानुन प्रचलनमा रहेको छ । त्यसैले नेपालमा पनि भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था लागू गर्न सके भ्रष्टाचार निकै हदसम्म घट्नसक्ने तर्कहरु सर्वेक्षणमा प्राप्त भएको छ । सहभागीहरुले विकासको बाधकका रुपमा भ्रष्टाचार रहेको बताएका छन् ।

मृत्युदण्डको पक्षमा तर्क

एक सहभागी राम सापकोटा लेख्छन्- ‘राष्ट्रियतामा आँच आउने, जघन्य अपराध र भ्रष्टाचारजस्ता घटनामा सहभागीहरुलाई मृत्युदण्ड दिइनुपर्छ ।’ तर, अर्का सहभागी केशवराज ढुंगेलका अनुसार नेपालको अदालतमा राजनीतिक प्रभाव पर्न सक्ने भएकाले रिसको झोंकमा निर्दोष व्यक्ति फस्न सक्नेतर्फ भने सचेत हुनुपर्छ ।

विपक्षमा तर्क

सर्वेक्षणका केही सहभागीहरुले भने पैसाको बलमा सत्यतथ्यलाई तोडमोड गरी परिभाषित गर्ने गरिएको नेपालमा मृत्युदण्ड कानुनको दुरुपयोग हुनसक्ने बताए । लुना नाममा प्रेषित मतमा लेखिएको छ, ‘मृत्युदण्ड मानवअधिकारविरोधी सजायँ हो । भ्रष्टाचारीलाई सम्पत्ति जफत गरी लामो समयमा जेल हाल्नुपर्छ । दोषीलाई जेलमा राख्दा पनि उसबाट राज्यले श्रम गराई फाइदा लिनुपर्छ ।’

त्यस्तै, चिरन्जीवी पौडेलले मृत्युदण्ड आफैंमा अपराध भएकाले भ्रष्टाचारजन्य अपराधको सजाय अर्को अपराधबाट गर्न नहुने तर्क दिएका छन् । उनी पनि आजीवन वा लामो समयको जेल सजायको पक्षमा छन् ।

तेस्रो विकल्प  : समाजको मानसिकतामा परिवर्तन

एकजना सहभागी प्रदीप बस्नेत भने मृत्युदण्डको साटो आम नेपाली समाजको मानसिकतामा परिमार्जनको खाँचो देख्छन् । उनी लेख्छन्- ‘हाम्रा चेलीबेटीको विहेको कुरो लिएर भन्सार अधिकृत वा हुलाक अधिकृत आएको अवस्थामा हामी कसलाई प्राथमिकता दिन्छौं ? साधारणतया भन्सार अधिकृत नै ताक्छौं, किनकी उसको आर्थिक हैसियत बढी सोचिन्छ । हो, जबसम्म हामीले प्रतिष्ठालाई पैसासित तुलना गर्छौं, तबसम्म भ्रष्टाचार घटाउन सकिँदैंन ।’

अनलाइनखबरलाई प्राप्त केही प्रतिक्रिया यस्ता छन् :

उदय पेखरेल-

मृत्युदन्ड नभएर त हो देशमा जे गर्दा नि भाको नि । तर कानुन बनाए नि ठूलालाइ लाग्दैन, कानुन सानालाइ मात्र हो, त्यै त समस्या छ हामे्ा देशमा ।

कुर्घेली चापाई

मलाई लाग्छ, नेपालमा अवसर पाएको कोहि पनि व्यक्ति भ्रस्टाचारबाट मुक्त छैन !

भ्रस्टाचार (त्यो आर्थिक वा नीतिगत), लागु औषधिको ओसार-पसार, चेली-बेटी बेच बिखन,प्राकृतिक श्रोतहरुको अन्याय पुर्बकको सम्झौता, देश द्रोह आदि मुद्धामा खुल्ला-पारदर्शी रुपमा जिरह हुने गरी मृतुदण्डको प्राबधान राखिनु पर्छ ११

नेपाली

विश्वका कयौं महान र ठुल देशहरुमा अर्थातस प्रजातन्त्र वा लोकतन्त्रका पाठ सिकाउने देशहरुमा पनि मृत्युदण्ड र कडा भन्दा कडा कानून बने सबैले पालन गर्दछन अनि पो देश अगाडि बडदछ । We need, to progress hour country .

 केशवराज ढुंगेल

के गर्नु र साथी हो यो देशमा त्यस्तो कानुन वनाए पनि सुख छैन नवनाए पनि सुख छैनकिनकि यहाँको अदालत पनि राजनैतिक दलको पञ्जामा छ । रीस उठेकालाइ विना गल्ती झुण्ड्याउछन जस्तो लाग्छ । नवनाउने हो भने त झन कठीन भयो । मैले त कुनै पक्षमा पनि निर्णय गर्न सकिन है ।

मणि

उत्तर कोरियामा दिएको फासी यो कुनै भ्रस्टाचार को लागि न भएर, एक क्रुर कमुनिस्टशासकले आफ्नो बाटो को तागारोलाई खतम गरेको हो। नेपाल पुरानो राजाको जस्तै बंसज को हिसाब ले शासन चलाइरहेको यो कमुनिस्ट देशमा, सत्ता, शेनादेखि सबै ठुला सरकारी पद मा आफ्नै नातेदार छन्। यो आफ्नै फुपा लाइ लगाएको आरोपको पछाडी, ठुलो कारण फुपा को पपुलारिटी र सेना मा उसको बड्दै गएको प्रभाव ले आफ्नो सत्ता खोसिने डरले विभिन्न आरोप लगाएर फासी दिएको हो। यो कुरा बुज्नु जरुरी छ ।

कृष्ण

अपराध या भ्रष्टचार गरेको प्रमाणित कसरी गर्ने रु यहाँ सबै चिज बिकेको छ। पैसाको लागि यहाँ सत्यलाई असत्य सजिलै बनाइन्छ। जघन्य अपराध र भ्रष्टाचारीलाई त फाँसी दिनै पर्छ,तर सजायँ निर्दोश ब्यक्तिले पायो भने, निर्दोष ब्यक्तिको जीवन पुन प्राप्त गर्न सक्दैन। हाम्रो जस्तो अपराधी र भ्रष्टचारीहरूले भरिएको देशमा यस्तो कानुन आयो भने दुरुपयोग हुने देखिन्छ ।

पूरा प्रतिक्रियाहरु यहाँ पढ्न सक्नुहुनेछ :

 भ्रष्टाचारीलाई मृत्युदण्ड : तपाईलाई कस्तो लाग्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?