+
+

वेलायतलाई गोरखा सैनिकको प्रश्न- हामीलाई के आधारमा भर्ती गरियो ?

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २९ गते १७:३१

२९ पुस, काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सोमबार बेलायती संसदीय समितिलाई १० पृष्ठ लामो ज्ञापनपत्र बुझाउँदै स्वतन्त्र देशका नागरिकलाई के आधारमा बेलायती सेनामा भर्ती गरियो भन्ने प्रश्न सोधेको छ ।

download (1)गोरखा सैनिकका मागहरु सम्बोधन गर्न बेलायतको संसदद्वारा गठित ‘गोरखा कल्याणकारी’ सर्वदलीय संसदीय समिति’समक्ष लण्डनमा सोमबार बुझाइएको पत्रमा गोरखा सैनिकलाई पशुसरह व्यवहार गरिएको भन्दै ६ वटा प्रश्न सोधिएको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङका तर्फबाट बुझाइएको पत्रमा बेलायतसमक्ष सोधिएका ६ प्रश्न यस्ता छन्-

 १. दुई देशका सरकारले भन्दै आएको त्रिपक्षीय सम्झौता बेलायतकै उच्च अदालतले अन्यायपूर्ण र अवैधानिक ठहर गरिसकेको छ । नेपाल कुनै देशविरुद्ध युद्धको पक्षमा पनि थिएन र बेलायतको उपनिवेश पनि थिएन भने कुनै सार्वभौम सत्तासम्पन्न राष्ट्रका स्वतन्त्र नागकिहरूलाई केका आधारमा बेलायती सेनामा भर्ती गरियो ? हामीलाई कुन अन्तर्राष्ट्रिय कानुन वा मान्यताअनुरूप दुई सय वर्षसम्म बेलायतको सैनिक सेवामा लगाइयो ?

 २. बेलायती सेनामा हाम्रो सेवा वैध हो वा अवैध ? यदि वैध हो भने हामीमाथि यति ठूलो विभेद किन गरियो ?

 ३. विभिन्न युद्धमा कति गोरखा मारिए, कति बेपत्ता भए भन्ने कुराको आधिकारिक सूचना दिइएको छैन र मरेका वा हराएकाहरूका परिवारलाई क्षतिपूर्ति पनि दिइएको छैन । उनीहरूले क्षतिपूर्ति पाउनुपर्ने होइन र ?

 ४. गोरखा बि्रगेडको नीति बेलायती संसद्ले अनुमोदन गरेको हो कि होइन ? यदि अनुमोदन गरेको हो भने विश्वले नै उत्कृष्ट मानेको सदनले समान काममा लगाइएका आफ्नै राष्ट्रसेवकका लागि दुईवटा फरक नीति बनाउनु जायज हुन्छ ? यो त रंगभेद भएन र ? यदि बनाएको होइन भने गोरखा बि्रगेड अवैधानिक भएन ? अवैधानिक संस्थामा भर्ती गरेर कसैलाई युद्धमा होम्नुलाई युद्ध अपराध नमान्नुपर्ने कारण के छ ?

 ५. बेलायती अदालतले अवैध र अन्यायपूर्ण भनिसकेको यसै त्रुटिपूर्ण सम्झौताअन्तर्गत नेपाली नागरिकलाई बेलायती सेनामा भर्ती गरेर अर्को मुलुकको सार्वभौमिकतामाथि आक्रमण गर्ने युद्धमा पठाउनुले हाम्रो वैधानिक हैसियत के हो भन्ने प्रश्न उठ्दैन र ?

६. युद्ध सकिएपछि क्षतिपूर्ति पनि नदिने, पेन्सन पनि नदिने र यतिसम्म कि युद्धमा लागेको चोटपटकको उपचार पनि नगरिदिने, यो घोर अमानवीय व्यवहार भएन र ? नेपालसम्म मात्र आइपुग्ने खर्च दिएर हजारौँ गोरखालाई रित्तो हात नेपाल पठाइयो । यसलाई गोरखाहरूमाथि गरिएको पशुसरहको व्यवहार किन नभन्ने ?

download (2)बेलायती संसदसँग गेसोको माग

बेलायतसरकारसँग आधा दर्जन प्रश्न सोधिसकेपछि गेसोले विभिन्न ४ वटा माग अघि सारेको छ । पत्रमा उल्लेखित माग यस्ता छन्

 · माथि उल्लेखित बुँदाहरूमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन दुवै देशका संसद्हरूको संयुक्त उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्छ ।

· गोरखाहरूमाथि घोर अमानवीय व्यवहार भएको बारेमा छानबिन गर्न दुवै देशका म्ाानव अधिकारवादीहरूको उच्चस्तरीय छानबिन कमिटी गठन गरिनुपर्छ ।

· जनजाति गोरखाहरूको मौलिक संस्कार र संस्कृति समाप्त पार्न नियोजित रूपमै हिन्दू पुरेत किन राखियो ? त्यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिनुपर्छ ।

· दुई सय वर्षसम्म बेलायती सेनामा भर्ती भएर गोरखाहरू सेवा गर्दा नेपाल राष्ट्रलाई के फाइदा भयो ? बेलायतको बन्दुक बोकेर अर्काको सार्वभौमिकता समाप्त गर्न युद्ध लड्दै हिँडेका नेपालका जातजाति र जनजातिहरूलाई के फाइदा भयो ? दुई देशका सरकारले यी प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्छ ।

 पत्रको पूर्ण विवरण 

हामीलाई के आधारमा भर्ती गरियो ? कति मारिए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?