+
+

कतार एयरवेजको ३० प्रतिशत छूट योजना

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ६ गते १७:४६

Quater-airways-2

६ माघ, काठमाडौं । कतारको ध्वजावाहक एयरलाइन्स कतार एयरवेजले अंग्रेजी नयाँ वर्षको अवसर पारी छूट योजना ल्याएको छ । यस योजनाअन्तर्गत यात्रुहरुले इकोनोमी क्लास र पि्रमियम क्याबिन भाडा दरमा ३० प्रतिशत छूट पाउनेछन् ।

कतार एयरवेजको जनवरी २० देखि २२ तारिखसम्म हुने उडानमा छुट योजना लागू गरेको कम्पनीले जनाएको छ । युरोप, मध्य पूर्व, अपि|mका, एसिया, अष्ट्रेलिया र अमेरिकी मुलुकहरुमा हुने उडानमा यो योजना लागू हुनेछ । तर फिलाडेल्पिmया र इडनवर्गबाट उडान सुरु हुने यात्रामा भने यो सुविधा उपलव्ध नभएको जानकारी एयरवेजद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

१७ वर्षअघि विश्वव्यापी उडान क्षेत्रमा सहभागी कतार एयरवेजका हाल एक सय २९ वटा हवाइजहाज छन् । विश्वका विभिन्न मुुलुकमा गरी एक सय ३४ ठाउँमा यसको उडान सेवा उपलव्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?