१० माघ, काठमाडौं । बिश्वभर रहेको पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०१४ को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ घोषणा गरेको छ ।
बुधबार घोषित एवार्डमा नेपालका १० वटा होटल र बिभिन्न क्षेत्रका २५ वटा लज तथा साना होटलले उत्कृष्ट एवार्ड पाएका छन् । ती होटलको सेवा उपभोग गरेका पर्यटकको समिक्षाका आधारमा ट्रिप एडभाइजरले नेपालका उत्कृष्ट १० र २५ लजको सूची प्रकाशन गरेको छ । काठमाडौं, सौराहा र पोखराका होटलले यस्तो अवार्ड पाएका छन् ।
यो बर्ष बिश्वभरका झण्डै ७ हजार १ सय २३ होटलले अवार्ड पाएका छन जसलाई ६ वटा बिभिन्न बिधाअन्तर्गत छानिएको छ । यो सूची तयार पार्न वेबसाइटमा लाखौं पर्यटकले गरेको समिक्षा र नम्बरलाई आधार मानिएको छ ।
त्यसमध्ये सवैभन्दा धेरै इटलीका १५२ होटलले अवार्ड पाउन सफल भए । बेलायतका १४५ तथा अमेरिका र फ्रान्सका १४४ वटा होटलले अवार्ड हात पारेका छन् ।
संसारभरका उत्कृष्ट १० होटलको सूचीमा नेपालबाट कुनै पनि होटल पर्न सकेनन् भने भारतबाट ‘द ओबराय मुम्बई’ र ‘ओबराय उदयबिलास’ टप टेनको सूचीमा पर्न सफल भएका छन् । ट्रिप एडभाइजरले १२ बर्षदेखि हरेक बर्ष यस्तो सूची प्रकाशन गर्दै आएको छ ।
कस्ता छन नेपालकै उत्कृष्ट होटल ?
होटल बिधामा नेपालका उत्कृष्ट १०
१. होट टिवेट इन्टरनेशनल, काठमाण्डु
२. द्वारिका होटल, काठमाण्डौ
३. ह्यात रिजेन्सी होटल, काठमाण्डौं
४. वाटरफ्रन्ट रिसोर्ट होटल, पोखरा
५. टेम्पल ट्री रिसोर्ट एण्ड होटल, पोखरा
६. अतिथि रिसोर्ट एण्ड स्पा, पोखरा
७. गोकर्ण फरेष्ट रिसोर्ट, काठमाण्डौ
८. होटल शंकर, काठमाण्डौ
९. पोखरा ग्राण्डी, पोखरा
१०. सोल्टी क्राउन प्लाजा, काठमाण्डौ ।
उत्कृष्ट २५ को सूचीमा परेका साना लज तथा होमस्टेहरू
साना गेष्टहाउस, लज र होमस्टेले उत्कृष्ट होटलको ताज लिन सफल भएका छन् । भर्खरैमात्र नेपालमा फष्टाउँदै गएको होमस्टेले सूचीको एकतिहाई हिस्सा ओगटेका छन् ।

























प्रतिक्रिया 4