१२ असार, हङ्कङ । थाइल्यान्डको सैनिक सरकारविरुद्ध विपक्षीहरूले आन्दोलनको तयारी गरेका छन् ।
प्राप्त समाचारअनुसार थाइल्यान्डका विपक्षी दलहरूले त्यहाँको सैनिक सरकारका विरुद्धमा एक गठबन्धन निर्माण गरी आन्दोलनको सुरुवात गरेका छन् । उनीहरूले आन्दोलनका सुरुवातका लागि एक संयुक्त कार्यालयको स्थापना गर्ने जनाएका छन् । आगामी महिना कार्यालय स्थापना गरिने बताइएको छ ।
गत मे महिनामा थाइ सैनिकले तत्कालीन निर्वाचित सरकारलाई कू गरी प्रजातान्त्रिक नेताहरूलाई नजरबन्दमा राखिरहेको छ । उक्त कदमको त्यहाँका राजनीतिक दलका नेताहरूले विरोध गरेका छन् । उनीहरूले एक विपक्षी गठबन्धनको गठन गरी सैनिक सरकारका विरुद्ध आन्दोलन सुरु गर्ने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4