+

जेरार्डद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

२०७१ साउन  ५ गते २०:२४ २०७१ साउन ५ गते २०:२४
जेरार्डद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Steven-Gerrard

५ साउन, काठमाडौं । इङ्ल्याण्डका कप्तान स्टेफन जेरार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनले भनेका छन्-‘देशको प्रतिनिधित्व गर्दा हरेक पलमा मैले आनन्द लिएको छु । तर, आज मेरो लागि दुःखद दिन हो ।’

३४ वर्षका जेरार्डले इङ्ल्याण्डका लागि ११४ क्याप जितेका छन् । २००० मा युक्रेनविरुद्धको खेलमा डेब्यू गरेका उनको अन्तिम खेल ब्राजिल विश्वकपमा कोष्टाकारिकाविरुद्ध रहृयो । उनले इङ्ल्याण्डका लागि २१ गोल गरेका छन् ।

आफूलाई अझै खेल्न सुझाव आएको भन्दै जेरार्डले भनेका छन्-‘यो निर्णय गर्न निकै कठिन भयो ।’ विश्वकपमा इङ्ल्याण्डको प्रदर्शन अपेक्षाकृत राम्रो हुन नसकेपछि उनलाई तत्काल सन्यासको घोषणा नगर्न दबाव आएको थियो ।

जेरार्डले क्लब फुटबल भने जारी राख्नेछन् । उनी लिभरपुलका कप्तान हुन् । उनले लिभरपुलका लागि १९९८ मा ब्लाकवर्नविरुद्ध डेब्यू गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय